नेपाली इकमर्स् सेवा प्रदायक कम्पनि सस्तो डिलमा डोल्मा इम्प्याक्ट् फंड्ले १० लाख डलरको लगानी गरेको छ। ९ बर्ष अघि स्थापना भएको सस्तो डिलले उक्त लगानी अबको १८ महिनामा १ अरब प्रतिफल लिने लक्ष्य प्राप्तिका लागी गर्नेछ।
डोल्मा इम्प्याक्ट् फंडले पहिलेदेखिनै सस्तो डिलसंग सहकार्य गरेतापनि अहिलेको लगानीले पक्कै पनि नेपालको इकमर्स् सेवामा नयां फड्को मार्ने सम्भावना देखिन्छ, यध्यपि एस्को लागी केहि समय हेर्नैपर्ने देखिन्छ।
सस्तो डिलमा डोल्मा इम्प्याक्ट् फंडको १० लाख डलरको लगानी
यो लकडाउनको समयमा नेपाली बजारमा पहिले भन्दा राम्रो प्रभाव बनाएको सस्तो डिलसंग थप लगानीका साथ सहकार्य गर्न पाउदा उत्साहित् भएको बताउंछन् डोल्मा इम्प्याक्ट् फंडका सीईओ Tim Gocher । यो लगानीसंगै नेपाली प्रबिधि क्षेत्रमा राम्रो उर्जा भने अबस्य देख्न सकिन्छ।
सस्तो डिलका संस्थापक तथा सीईओ अमुन थापा पनि यो लगानीले नेपाली इकमर्स् जगतमा नयां आयाम ल्याउने कुरामा बिस्वस्त देखिन्छन ।