इतिहासमा पहिलोपल्ट बिश्वबिख्यात कम्पनि एप्पलले डब्ल्यूडब्ल्यूडीसी अन्लाइन संस्करणबाट गरेको छ। सधै महंगो मुल्य तिरेर सहभागी हुनपर्ने कार्यक्रम यो पटक भने अन्लाइनबाट रेजीस्टर गर्ने सबैले हेर्ने मौका पाएका थिए। सो दौरान एप्पलले आइ ओ एस् १४ को पनि घोषणा गरेको थियो। आइ ओ एस् संगै एप्पलले म्याक ओ एस्, आइ प्याड ओ एस् र वाच ओ एस् को पनि घोषणा गरेको थियो।
के छ त आइ ओ एस् १४ मा ?
आउनुस् हेरौ आइ ओ एस् १४ का केहि मुख्य सुविधाहरु
१. धेरै जानकारी हेर्न मिल्ने होम स्क्रिन विजेट
आइ ओ एस् १४ मा आफुलाइ पायक पार्नेखाल्को विजेटहरु होम स्क्रिनमा राख्न सकिने ब्यवस्था गरिएको छ।
२. एप लाइब्रेरी
महत्त्वपूर्ण र धेरै चलाएका एप हरु क्रमबद्ध गरिएको स्क्रिन अन्तिम पेजको रुपमा हुनेछ। अब धेरै चलाइरहने एपहरु सजिलै हेर्न र भेट्न सकिनेछ अनि सजिलो तरिकाले एप चलाउन सकिन्छ। आइ ओ एस् १४ मा एपको पेजहरु लुकाउन पनि सकिन्छ।
३. महत्त्वपूर्ण कुराकानी हेर्न सजिलो मेसेज
महत्त्वपूर्ण मेसेजहरुलाइ पिन् गरेर अग्रपंक्तिमा राख्न सकिन्छ।
४. कम्प्याक्ट कल
आइ ओ एस् १४ मा अब एप चलाइरहेको बेलामा पनि फोन तथा अन्य कलहरुले पुरै स्क्रिन् ओगट्ने छैन।
५. मल्टि टास्किङ्
आइ ओ एस् १४ मा अब भिडियोहरू हेर्दै अरु कुनै एप चलाउन सकिनेछ। जस्तै भिडियोहरू हेर्दै फेसटाइम कल जारी राख्न सकिनेछ ।
६. नया म्याप
साइक्लिङ् डीरेक्सन् , गाईड् लगायत अन्य धेरै सुबिधाहरु नया म्यापमा थपिएको छ ।
७. सिरि
सिरिलाइ अब नया अवतार मा हेर्न सकिनेछ
आइ ओ एस् १४ बेटा भर्सनमा अहिले उपलब्ध भएतापनि सर्बसाधरणको लागि भने सेप्टेम्वरमा उपलब्ध हुनेछ।
कुन आइफोनमा आइ ओ एस् १४ चल्छ ?
आइफोन् सिक्स एस् पछि आएका सबै आइफोनहरुमा आइ ओ एस् १४ चलाउन सकिन्छ । यदि तपाइसंग तल उल्लेखित आईफोन भए आइ ओ एस् १४ चलाउन सकिनेछ।
- आईफोन सिक्स एस, आईफोन सिक्स एस प्लस र आईफोन एसई (पहिलो जेनरेशन)
- आईफोन सेभेन र आईफोन सेभेन प्लस
- आईफोन एट, आईफोन एट प्लस र आईफोन एक्स
- आईफोन एक्स् एस् , आईफोन एक्स् एस् म्याक्स र आईफोन एक्स् आर्
- आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स
- आईफोन एसई (दोस्रो पुस्ता)
साभार : एप्पल