नेपाल सरकार ले जेस्ठ ७ गते लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्बजनिक गरेको थियो। नेपालले नयाँ नक्सा सार्बजनिक गरेपछि बिस्वब्यापी रुपमा तरङ छाएको थियो।
असार ४ मा बसेको राष्ट्रियसभाको बैठकद्वारा नक्सासम्बन्धी संविधान संशोधन विधेयक सर्बसम्मतिले पारित गरेको छ। सो विधेयकमाथि कुनै पनि संशोधन नपरेको अवस्थामा ५९ सदस्यमध्ये ५७ सदस्यले उक्त बिधेयकको पक्षमा मतदान गरेका थिए।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेपछि अब राष्ट्रपति समक्ष्य पठाउने प्रक्रिया शुरु गरिनेछ।
नयाँ नक्सा राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भयो.
फोटो साभार : नापी विभाग